काठमाडौं । पूर्व राष्ट्रपति विद्या भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेटवार्ता गरेकी छिन् । उनीहरुको भेटका बारेमा दुवै पक्षले केही खुलाएको छैन ।
तर बालेनको सचिवालय स्रोतले दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिकाको बजेटका सम्बन्धमा पनि कुराकानी भएको थियो ।
“राजनीतिक विषयमा पनि कुराकानी भयो भन्ने जानकारी प्राप्त गरेका छौँ,” बालेनको सचिवालय स्रोतले भन्यो,“उहाँले पहिलेदेखि नै भेट्न चाहनुभएको थियो । बिहीबार आधाघण्टा जति भेट भएको हो ।”