• फाल्गुन २४ २०८२, आईतवार

गुणस्तरीय निर्माण कार्य र ग्राहक सन्तुष्टि प्रदान गर्न अराटस बिल्ड एण्ड डिजाइन् कम्पनी सञ्चालनमा

असार १८ २०८२, बुधबार

विराटनगर । जीवनभरको भरपर्दो र सुरक्षित आश्रयस्थल । घर, व्यवसाय अथवा कार्यालय बनाउनका लागि वर्षौ मिहेनत गर्नुपर्ने हुम्छ ।  कस्तो बनाउने, रंग कस्तो लगाउने, कस्तो सजावट दिने इत्यादि कुरामा निकै ख्याल राख्नु पर्दछ । यसका लागि निर्माण सामाग्री सस्तो,भरपर्दो र विश्वसनीय कम्पनीबाट मात्रै लिएर निर्माण गर्नुपर्दछ ।

यी सबै समस्याको हल गर्नका लागि युवा इन्जिनियर तथा व्यवसायी  मिलेर विराटनगरमा अराटस बिल्ड एण्ड डिजाइन् कम्पनी सञ्चालनमा ल्याएका छन् ।

विराटनगरस्थित सहिद रङ्गशाला अगाडि  सञ्चालनमा आएको सो कम्पनीले घर, पसल, कार्यालय, होटेल तथा अन्य कन्सट्रक्शनको सम्पुर्ण कामहरु ग्राहकले खोजे जस्तै र रोजेजस्तै डिजाइनमा निर्माण गर्ने गरेको छ ।

अराटस बिल्ड एण्ड डिजाइन् कम्पनीका सञ्चालक आलोक झाले गुणस्तर र ग्राहक सन्तुष्टिलाई ध्यानमा राख्दै उत्कृष्टता हासिल गर्नु कम्पनीको लक्ष्य रहेको बताउदै विभिन्न सेवाहरु गुणस्तरीय सामाग्रीसहित सस्तो र विस्वासिलो कामदारको मार्फत प्रदान गरिने बताएका छन् ।

ग्राहकको आवश्यकता र अपेक्षालाई प्राथमिकता दिंदै कम्पनीले विभिन्न सेवाहर जस्तै नक्सा पासदेखि लिएर निर्माण कार्यका लागि एक्सटेरियर डिजाइन, स्ट्रक्चर एनालाइसिस, बिल्डीङ्ग स्टीमेट गर्ने गर्दछ  ।

यूपिभिसि रुफीङ्ग, पोलीर्काबोनेट रुफीङ्ग, फल्स सिलिङ्ग, वाटरप्रुफिङ्ग एण्ड टाइल वर्करस, हाउस पलस्टर पेन्टिङ्ग, इन्टेरियर, मार्वल ग्रेनाइट फलोरिङ्ग, स्काई ग्लास ( टच ग्लास ) टु डि र थ्री डि, वालपेपर, मोडुलर किचन लगायत सम्पुर्ण कामहरु गरिन्छ ।

र त्यहाँको कम्पनीको सम्पर्क, नम्बर र थप विषेश जानकारी तपाईँ वेबसाइट www.aratsbuild.com मा गएर जानकारी लिन सक्नुहुनेछ ।