• फाल्गुन २४ २०८२, आईतवार

थाइल्याण्डकी प्रधानमन्त्री शिनावात्रा निलम्बित

असार १७ २०८२, मंगलवार

काठमाडौँ । कम्बोडियाका पूर्व प्रधानमन्त्रीसँगको फोन कलको अडियो लिक भएपछि थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्रालाई निलम्बन गरिएको छ ।संवैधानिक अदालतले प्रधानमन्त्री शिनावात्रामाथि गम्भीर नैतिकताको उल्लंघन गरेको आरोप लगाउदै निलम्बनको आदेश दिएको बैंकक पोष्टले उल्लेख गरेको छ ।

अर्कोतर्फ, थाइल्याण्डका राजाले मंगलबार सरकारमा नयाँ मन्त्रिपरिषद् सदस्यहरूको नियुक्तिलाई स्वीकृति दिएका छन् । थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राले कम्बोडियाका पूर्व प्रधानमन्त्रीसँग गरेको कुराकानीको अडियो लिक भएपची विवाद शुरु भएको थियो ।

यसपछि थाइल्याण्डमा हंगामा मच्चियो र प्रधानमन्त्रीको राजीनामा माग्दै विरोध प्रदर्शन सुरु भयो । अडियो लिक भएपछि थाइल्याण्डमा संवैधानिक अदालतले लिक भएको कल प्रकरणमा प्रधानमन्त्री शिनावात्रालाई गम्भीर नैतिकताको उल्लंघन गरेको आरोप लगाइएको निवेदनमाथि विचार गर्ने अनुमान गरिएको थियो ।