• फाल्गुन २४ २०८२, आईतवार

नेप्सेमा सामान्य गिरावट, ५ अर्ब ९४ करोडको कारोवार

असार ११ २०८२, बुधबार

काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य घटेको छ । आज नेप्से ०.३३ अंकले घटेर २६००.२० विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३११ कम्पनीका एक करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर ५ अर्ब ९४ करोड २८ लाख ५२ हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज मोदी इनर्जीको सेयर मुल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने तेर्हथुम पावरको शेयर ९.७७ प्रतिशतले बढेको छ । त्यस्तै आज जोशी हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ९.५१ प्रतिशतले घटेको छ हिमालयन पावरको शेयर मुल्य ९.०२ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार वुटवल पावरको शेयर ५३ करोड ९४ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।