• फाल्गुन २४ २०८२, आईतवार

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट

असार १० २०८२, मंगलवार

ललितपुर । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/२०८३ को बजेट ल्याएको छ । मङ्गलबार महानगरको सातौ नगरसभामा महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् ।

ललितपुर महानगरले आगामी आर्थिक बर्षका लागि ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजारको बजेट ल्याएको छ । जसमा चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख २३ हजार बजेट विनियोजन गरिएको छ ।

बजेटमा सम्पदा र संस्कृति संरक्षण, दिगो पूर्वाधार, हरियाली प्रवर्द्धन, पर्यावरण, गुणस्तरीय शिक्षा, स्वच्छ खानेपानीलगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ ।