• फाल्गुन २४ २०८२, आईतवार

नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार

असार १० २०८२, मंगलवार

काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य घटेको छ । आज नेप्से ०.२२ अंकले घटेर २६००.५३ विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका एक करोड ३८ लाख १८ हजार ५५९ कित्ता शेयर ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज ओम मेघश्री फर्माको सेयर मुल्य सबैभन्दा बढी ८.०१ प्रतिशतले बढेको छ भने हिमालयन पावरको ७.८७ प्रतिशतले बढेको छ । त्यस्तै आज एनआइएसी एशिया डिभेन्चरको सबैभन्दा बढी ५.१७ प्रतिशतले घटेको छ दोर्दी खोला जल विद्युतको ४.३२ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार वुटवल पावरको शेयर २७ करोड ६५ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।