• फाल्गुन २४ २०८२, आईतवार

शुक्रबार पनि घट्यो सुनचाँदीको मुल्य, आज कतिमा हुँदैछ कारोबार ?

असार ६ २०८२, शुक्रबार

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ८ सयले घटेर तोलाको एक लाख ९४ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको एक लाख ९५ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५० रुपैयाँले घटेर तोलाको २१५० रुपैयाँमा कारोबार भइरहेको छ ।