• असार ४ २०८२, बुधबार

बेलायती गुप्तचर एजेन्सी एमआई ६ मा पहिलो पटक महिला प्रमुख नियुक्त

असार ३ २०८२, मंगलवार

काठमाडौँ । बेलायतको गुप्तचर एजेन्सी एमआई ६ ले महिलालाई आफ्नो प्रमुख नियुक्त गरेको छ ।

प्रधानमन्त्री केयर स्टारमरले ब्लेज मेट्रेभेलीलाई एमआई ६ को १८औं प्रमुख बनाएका छन् । यो एजेन्सी बेलायतको विदेशी गुप्तचरको लागि जिम्मेवार छ । सन् १९०९ मा संस्था स्थापना भएदेखि उनी यो पद सम्हाल्ने ब्लेज पहिलो महिला बनेकी छन् ।

अहिलेसम्म उनी एमआइ ६ को प्रविधि र नवप्रवर्तन विभागकी निर्देशक थिइन् । जेम्स बन्ड फिल्महरूमा, उनको पदलाई ग्याजेट मास्टर क्यू भनिन्छ । उनी एक मात्र गुप्तचर अधिकारी हुन्, जसको नाम सार्वजनिक रूपमा घोषणा गरिएको थियो । उनले भनकी छन् – ‘मलाई सेवा प्रमुख बन्न भनिएकोमा म गर्व र सम्मानित महसुस गर्छु ।’

प्रधानमन्त्री केयर स्टारमरले यो ऐतिहासिक नियुक्ति भएको बताउदै अहिले बेलायतको गुप्तचर सेवाहरू अहिलेसम्मकै महत्त्वपूर्ण अवस्थामा रहेको बताएका छन् ।