• असार ३ २०८२, मंगलवार

आजदेखि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

असार २ २०८२, सोमबार

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको निगमले जानकारी दिएको छ ।

मुल्य बढेपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १६० भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४५ भएको निगमले जनाएको छ ।