• जेष्ठ ३२ २०८२, शनिबार

इरानमा इजरायली हवाई आक्रमण : रिभोल्युसनरी गार्ड कोरका प्रमुखसहित सैन्य कमाण्डर मारिए

जेष्ठ ३१ २०८२, शुक्रबार

तेहरान ।  इजरायलले शुक्रबार बिहानै इरानमा हवाई आक्रमण गरेको छ ।  आक्रमणमा इरानको रिभल्युसनरी गार्ड कोरका प्रमुखसहित केही वरिष्ठ सैन्य कमाण्डर मारिएका छन्।

इरानको राजधानी तेहरानसहितका कयौं शहरलाई लक्षित गरी हवाई आक्रमण गरेको इजरायलले सैन्य कारबाहीलाई ‘अपरेशन राइजिङ लायन’ को नाम दिएको छ।

इजरायलले तेहरानमा अवस्थित रिभोल्युसनरी गार्ड कोरको मुख्यालयलाई लक्षित गरी हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

इजरायली आक्रमणमा इरानको रिभोल्युसनरी गार्ड कोरका प्रमुख हुसेन सालामीको मृत्यु भएको इरानको तस्निम समाचार संस्थाले उल्लेख गरेको छ।

उनीसँगै अरु केही वरिष्ठ सैन्य कमाण्डर र आणविक वैज्ञानिक पनि मारिएको जनाइएको छ। इजरायली आक्रमणमा इरानका आणविक वैज्ञानिक मोहम्मद महदी तेहरानची र फेरेयोदुन अब्बासी पनि मारिएका छन्।