• जेष्ठ २६ २०८२, आईतवार

अमेरिकाबाट डिपोर्ट गरिएका नेपाली ठूलो संख्यामा आज नेपाल आइपुग्दै

जेष्ठ २६ २०८२, आईतवार

काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका ठुलो संख्यामा नेपालीहरु आज एकसाथ नेपाल आइपुग्दै छन् ।   आज आइतबार अपराह्न ४ बजेतिर उनिहरु काठमाडौं आइपुग्दै छन् ।

अमेरिकाले ठूलो संख्यामा डिपोर्ट गरिएका नेपाली आइतबार आइपुग्ने बताए पनि संख्या भने ठ्याक्कै यति नै भनेर नतोकेको अध्यागमन स्रोतले जनाएको छ ।  तर यो संख्या ५० जनाको हाराहारीमा हुने स्रोतको दाबी छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले डिपोर्ट भएका काठमाडौं आउनु केही दिनअघि त्यसबारे अध्यागमन विभागलाई जानकारी दिने गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीलाई बुझाउने गरिएको छ ।

अध्यागमन विभागका अनुसार डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिएपछि अमेरिकाले १४० जना नेपालीलाई डिपोर्ट गरेको हो । अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई डिपोर्ट गरिएको जनाइएको छ ।