• जेष्ठ १० २०८२, शुक्रबार

बैंकिङ समूहको परिसूचक ३.८२ प्रतिशतले बढ्यो, नौ अर्ब ८२ करोडको सेयर खरिद–बिक्री

जेष्ठ ९ २०८२, बिहीबार

जेठ ८, काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १९.०४ अंक बढेर बन्द भएको छ । यस दिन परिसूचक ०.७१ प्रतिशत बढेर २६८८.५५ विन्दुमा बन्द भएको हो ।

बिहीबार कारोबार रकम भने घटेको छ । यसदिन नौ अर्ब ८२ करोड २० लाख रुपैयाँमा सेयर खरिद–बिक्री भएको छ । बुधबार १० अर्ब ६९ करोड ८६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

यस दिन १०४ कम्पनीको सेयर मूल्य बढेको छ । १४२ कम्पनीको सेयर मूल्य घटेको छ । सयपत्री हाइड्रोपावरको सेयर मूल्य स्थिर छ ।

आज ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बुधबार पनि यो कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको थियो ।

बाराही हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ मध्ये वाणिज्य बैंकिङ, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र निर्जीवन बिमा समूहको परिसूचक बढेको छ । यस दिन वाणिज्य बैंक समूहको परिसूचक ३.८२ प्रतिशतले बढेको छ । माइक्रो फाइनान्स समूहको परिसूचक २.५८ प्रतिशतले बढेको छ ।