• असार ९ २०८३, मंगलवार

फेरि एक हजार सात सयले बढ्यो सुनको मूल्य

जेष्ठ ८ २०८२, बिहीबार

काठमाडौं। आज पनि सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय  बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।

आज तोलामा एक हजार ७०० ले वृद्धि भएको छ। चाँदी पनि तोलामा ३५ रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९१ हजार ५०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी दुई हजार २५ मा कारोबार भइरहेको छ।