५ जेठ, काठमाडौं । अघिल्लो दिनसम्म लगातार ६ दिन घटेको सेयर बजार सोमबार बढेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १९.३० अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६२८ मा कायम भएको छ । नेप्से बढ्दा पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ८ अर्ब ५० करोडको कारोबार भएकोमा आज ७ अर्ब ३५ करोडको भयो ।
१८५ कम्पनीको मूल्य बढ्दा ६० को घट्यो भने दुईको स्थिर रह्यो । आज होटल तथा पर्यटन सेक्टर १.२४ प्रतिशत घट्यो भने अरु सबै बढे । विकास बैंक समूह सबैभन्दा धेरै १.८८ प्रतिशत बढ्यो ।
बैंकिङ १.१७, फाइनान्स ०.७०, हाइड्रोपावर ०.९४, लगानी ०.७२, जीवन बीमा ०.४१, उत्पादन ०.२८, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा १.१२, अन्य ०.४४ र व्यापार ०.५७ प्रतिशत बढे ।
४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । ओम मेगाश्री फर्मास्युटिकल्स, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक र तेह्रथुम पावरको मूल्य १० प्रतिशत बढ्यो ।
कर्पोरेट डेभलपमेन्ट बैंकको ०.७३, ग्रीन डेभलपमेन्ट बैंकको ९.४६, रावा इनर्जीको ६.९८, एनएलजी इन्स्योरेन्सको ६.२६ प्रतिशत मूल्य बढ्यो ।
विन नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । छ्याङ्दी हाइड्रोपावरको ४.४० तथा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ४.३९ प्रतिशत मूल्य घट्यो ।
रकमका आधारमा आज धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप र युनिभर्सल पावर छन् ।