• जेष्ठ ७ २०८२, मंगलवार

सुनको मूल्य तोलामा ५३ सयले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

बैशाख २३ २०८२, मंगलवार

२३ वैशाख, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ह्वात्तै बढेको हो ।

जसअनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको भएको थियो ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।