• फाल्गुन २४ २०८२, आईतवार

रुसमा ड्रोम आक्रमणका कारण मस्कोका ४ विमानस्थल अनिश्चितकालका लागि बन्द

बैशाख २३ २०८२, मंगलवार

काठमाडौं ।  युक्रेनले लगातार दोस्रो रात पनि ड्रोन आक्रमण गरेपछि मस्कोमा रहेका चार वटा विमानस्थल अनिश्चितकालका लागि बन्द भएका छन्। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बन्द गरिएको रुसी अधिकारीले जनाएका छन्।

मस्कोका मेयर सगेई साबोइनिनले विभिन्न क्षेत्रबाट लगातार प्रहार भएका १९ वटा ड्रोन नास गरिएको जनाएका छन्। केही ड्रोन राजधानी सडकमा प्रहार गरिए पनि कसैको पनि ज्यान गएको छैन।

यस अघि कर्सकमा भएको सो आक्रमणमा कारण दुई विद्युत् स्टेसनमा क्षति पुग्नुका साथै केही मानिस घाइते भएका छन्। सोमबार पनि युक्रेनी सेनाले रुसको गाउँ प्रवेश गर्नका लागि प्रयास गर्नुका साथै कर्सकको खानीमा पनि आक्रमण गरेको थियो।