वैशाख २१, काठमाडौं । अस्ट्रेलियाको चुनावमा प्रधानमन्त्री एन्थोनी अल्बानिजको लेबर पार्टीले जित निकालेको छ । चुनावी परिणाम आउने क्रम जारी रहँदा लेबर पार्टीले आवश्यक बहुमत प्राप्त गरिसकेको छ ।
जारी मतगणनामा अस्ट्रेलियामा १५० सिटमध्ये अल्बानिजको पार्टीले ८९ सिटमा जित निकालेको हो । यो बहुमतका लागि आवश्यक ७६ सिटभन्दा बढी हो । उता विपक्षी लिबरल–नेशनल गठबन्धनले ३६ सिटमा जित हासिल गरेको छ ।
यसका साथै अल्बानिज २१ वर्षमा दोस्रोपटक प्रधानमन्त्री बन्ने पहिलो नेता हुनेछन् । यसअघि सन् २००४ मा अस्ट्रेलियामा लिबरल पार्टीका जोन हवार्डले लगातार दोस्रोपटक चुनाव जितेका थिए ।