• बैशाख १७ २०८२, बुधबार

कोलकाताको एक होटलमा भीषण आगलागी, १४ जनाको मृत्यु

बैशाख १७ २०८२, बुधबार

वैशाख १७, काठमाडौं । भारतको कोलकातामा रहेको एक होटलमा भएको आगलागीमा परी १४ जनाको मृत्यु भएको छ । कोलकाताका प्रहरी अधिकारी मनोजकुमार वर्माले उक्त आगलागीमा परी १४ जनाको मृत्यु भएको पुष्टि गरे ।

बीबीसीका अनुसार प्रहरीले आगलागीको कारणबारे छानबिनका लागि एक टिम बनाएको छ । यद्यपि, प्रारम्भिक अनुमानमा भने विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

प्रहरीका अनुसार स्थानीय समयअनुसार मंगलबार राति सवा ८ बजे ऋतुराज होटलमा आगलागी सुरु भएको थियो ।