• बैशाख १७ २०८२, बुधबार

सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

बैशाख १७ २०८२, बुधबार

१७ वैशाख, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुन र चाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाल सुन १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको थियो । जसआधारमा आज छापावाल सुनको मूल्य १०० रुपैयाँ वृद्धि भएर कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो ।