वैशाख १५, काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १४.५३ अंकले बढेर बन्द छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, आज परिसूचक ०.५४ प्रतिशतले घटेर २,६४७.०७ विन्दुमा बन्द भएको हो ।
आज कारोबार रकम पनि घटेको छ । नेप्सेका अनुसार, आठ अर्ब ९१ करोड २८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । सोमबार १० अर्ब ८७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
७८ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । १६७ कम्पनीको सेयरमूल्य घटेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य ( प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सप्तकोसी डेभलपमेन्ट बैंकको सेयरमूल्य भने ८.४५ प्रतिशतले घटेको छ ।
कारोबारमा आएका १३ मध्ये फाइनान्स र व्यापार समूहको परिसूचक बढेको छ । बाँकी ११ समूहको परिसूचक घटेको छ ।