• बैशाख १५ २०८२, सोमबार

सुनको मूल्य १४ सय रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

बैशाख १५ २०८२, सोमबार

वैशाख १५, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेर एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।