अछाम । साफेबगर बजारको हाटबजारमा शनिबार बिहान भीषण आगलागी भएको छ । आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय प्रेम खड्काले सञ्चालन गरेको शुभेच्छा मःम सेन्टरमा विद्युत सर्ट भएर आगलागी शुरू भएको थियो ।
आगो अन्य पसलमा फैलिँदा १० वटा पसल जलेर नष्ट भएका हुन् । प्रहरी र स्थानीयको सहयोगमा आगो बिहान ६ बजे नियन्त्रणमा लिइएको थियो ।
तर, मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
केही समयअघि अछामको बान्नीगढी जयगढ गाउँपालिकामा रहेको जयगढ बजारमा समेत आगलागी भएको थियो ।