• बैशाख १३ २०८२, शनिबार

कालो नुन खानुका फाइदै फाइदा

बैशाख १२ २०८२, शुक्रबार

कालो नुन खानुका फाइदा यस्ता छन् ः

-मांसपेशी र जोर्नी दुख्दा बीरे नुनले सेक्ने हो भने निको हुन्छ । यसका लागि एउटा कपडामा थोरै नुन बाँध्नुपर्छ । यसलाई तातो बनाएर दुखेको ठाउँमा दिनको दुईपटक सेक्ने हो भने तत्काल राहत मिल्छ ।

-पेटका हरेक समस्यामा बीरे नुन अर्थात् कालो नुन लाभदायी हुन्छ । यसले मुखको ग्रन्थी सक्रिय बनाइदिन्छ । पेटमा हाइड्रोक्लोरिक एसिड र प्रोटीनलाई पचाउने इन्जाइम बढाउन मद्धत गर्छ । अपच, कब्जियत, एसिडीटीमा एक गिलास पानीमा कागतीको रससंगै यो नुन हालेर पिउनाले राहत मिल्छ ।

-कालो नुनमा सोडियम कम हुन्छ । यसले ब्लड सुगरलाई नियन्त्रित गर्छ । यसैले मधुमेहका बिरामीका लागि कालो नुन उपयोगी हुन्छ । मधुमेह सुरुवाती अवस्थामा छ भने त कालो नुनको प्रयोगले ठीक पनि हुन सक्छ ।

– सोडियम कम हुने भएकाले मुटु र मिर्गौला रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।कालो नुनको प्रयोगले भोक बढाउँछ । खाना सजिलै पच्छ । यसैले शरीरले उर्जालाई राम्रोसंग प्रयोगगर्न पाउँछ । यदि कम भोक लाग्ने समस्या छ भने कालो नुनमा सलाद, दही, मोही, कागतीपानी संगै प्रयोग गर्न सकिन्छ । यसबाट शरीर पनि स्वस्थ राख्न सकिन्छ र सोडियमको मात्रा पनि बढ्दैन ।