• फाल्गुन २६ २०८२, मंगलवार

पियोर इनर्जीको आईपीओ बाँडफाँट

बैशाख ११ २०८२, बिहीबार

काठमाडौं । पियोर इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ) आज बिहान बाँडफाँट भइरहेको छ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय, नारायणचौर नक्साल, काठमाडौंमा बिहान ८ः३० बजे बाँडफाँट गरिएको हो ।

कम्पनीको आईपीओमा अत्यधिक आवेदन परेका कारण लाखौं लगानीकर्ताको हात भने खाली हुने देखिएको छ।

पियोर इनर्जीको आईपीओका लागि कुल १९ लाख ३६ हजार ५३ जना लगानीकर्ताबाट २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन परेको हो। तर, उपलब्ध शेयरको संख्याअनुसार १ लाख १९ हजार ५२० जनाले मात्र शेयर हात पार्नेछन्। बाँकी १८ लाख १६ हजार ५३३ जना लगानीकर्ताको हात भने खाली हुनेछ।

पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता आईपीओ जारी गरेको हो। यसमध्ये केही कित्ता कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याइएपछि बाँकी शेयर सर्वसाधारणलाई छुट्याइएको थियो।