स्याङ्जा । हरिनास गाउँपालिकाले विद्यालयमा शिक्षकले पठनपठान नगराए तलब नदिने निर्णय गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाले विभिन्न माग राखि आन्दोलनमा रहेका हरिनास गाउँपालिकाभरका विद्यालयहरुका शिक्षक, कर्मचारी तथा वाल शिक्षकहरुको विद्यालयमा पढाई भएको दिनदेखिको मात्रै तलव निकासा हुने जानकारी दिएको छ ।