• बैशाख ११ २०८२, बिहीबार

ओलीद्वारा ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

बैशाख १० २०८२, बुधबार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति कार्यालयले बुधबार अपराह्न तामाङलाई बर्खास्त गरेको स्रोतले जानकारी दिएको छ ।

यसअघि मन्त्रालयका कामकारबाहीमा सहयोग नगरेको भन्दै तामाङमाथि मन्त्री दीपक खड्काले पटक-पटक आरोप लगाउने गरेका थिए ।

राज्यमन्त्री हुँदा तामाङले मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण समेत सोधेका थिए ।

नेपाल विद्युत प्राधिकरणका विवादास्पद कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा अभिव्यक्ति दिने गरेको भन्दै प्रधानमन्त्री ओली उनीसँग रुष्ट  थिए ।