• बैशाख ११ २०८२, बिहीबार

आन्दोलन गरेर वातावरण नबिगार्न गगन थापाको आग्रह

बैशाख १० २०८२, बुधबार

वैशाख १०, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले तत्काल आन्दोलन नथाल्न कर्मचारीलाई आग्रह गरेका छन् । निजामती कर्मचारीहरूले संघीय निजामती ऐन जारी गर्नुपर्ने माग राखेर आन्दोलनको तयारी गरेका छन् । विधेयकबारे हाल राज्य व्यवस्था समितिमा छलफल चलिरहेको छ ।

बुधबार समितिको बैठकमा सांसद थापाले विधेयक अघि बढाउन दबाब दिन तर वातावरण बिगार्ने निर्णय नलिन आग्रह गरेका हुन् । ‘हामी बस्दै गर्दा आन्दोलनको घोषणाका कुरा आएका छन्, त्यसलाई रोक्न आग्रह गर्छु । पुनर्विचार गर्न पनि आग्रह गर्छु,’ थापाले भने, ‘यो स्टेट (देश) भनेको सबैले मिलेर चलाउने हो ।’

उनले अगाडि भने, ‘सबै सरोकारवालाले यसलाई मद्दत गर्नुपर्छ, आज टुंग्याउने भन्ने थियो । तर, छलफल गर्दै गर्दा केही समय लागेको हो । प्रक्रियाको ‘फम्र्याट’का हिसाबले ठिक हो । उपसमितिको प्रतिवेदन ल्याउने र छलफल अघि बढाउने हो । व्यक्तिगतरूपमा र कतिपय कुरामा दलगतरूपमा पनि हेर्छाैं । त्यस बेलासम्म वातावरण राम्रो बनिराखेको छ । वातावरण बिग्रिन नदिन म आग्रह गर्छु ।’