स्याउ स्वास्थ्यको लागि एकदम गुणकारी छ । स्याउमा हाम्रो शरिरको लागि आवश्यक पर्ने विभिन्न पोषक तत्व रहेका हुन्छन् ।
स्वास्थ्यका दृष्टिकोणले निकै उपयोगी स्याउलाई केही मानिस बोक्रासहित खान रुचाउँछन् भने केही बोक्रा झिकेर खान रुचाउँछन् । स्याउ एक प्रकारको फलफुलको राजा नै भन्दा पनि हुन्छ खानमा पनि निकै स्वादिलो हुन्छ । खादा गुलियो भएको हुनाले यसलाई केटाकेटिले पनि मन पराउछन् ।
यस्ता छन्, स्याउ खानुका फइदा:
स्याउ खानाले मृगौलामा हुने पत्थरीबाट बँच्न सकिन्छ । यदि तपाईलाई पत्थरी भईसकेको छ र तपाई प्रतिदिन स्याउ खानुहुन्छ भने तपाईलाई पत्थरीको कारण हुने दुखाई कम हुन्छ ।
यदि तपाईमा कब्जियत वा ग्यास्ट्रिकको समस्या छ भने स्याउको सेवन तपाईको लागि फाइदाजनक सावित हुन्छ ।
स्याउमा पाईने फाइबरले पेटको कब्जलाई बिस्तारै बिस्तारै कम गर्दछ । स्याउको मुरब्बा पनि कब्जियत रोगीको लागि लाभकारी हुन् ।
स्याउमा फाइबर हुन्छ, जसले दाँतलाई स्वस्थ राख्न मद्दत गर्दछ । स्याउको सेवनले ब्याक्टेरिया र भाइरसलाई नष्ट पार्दछ भने स्याउको खाँदा तपाईको दाँत पायरिया रहित हुन्छ ।
स्याउको सेवनले मानिसको मस्तिष्कसँग जोडिएको खतरनाक रोग अल्जाइमर बाट बचाउँछ । प्रतिदिन स्याउको जूस पिउँदा अल्जाइमरको समस्याबाट जीवनभरि बँच्न सकिन्छ ।
स्याउले मस्तिष्कको कोशिकाको रक्षा पनि गर्दछ । जसले अल्जाइमर हुने खतरा एकदम कम हुन्छ ।
स्याउमा पाईने फ्लेभोनोइड्स फोक्सोलाई शक्तिशाली बनाउदछ । जो मानिस प्रतिदिन स्याउको जूस पिउँछ, उसलाई फोक्सोसँग सम्बन्धित रोगहरू निकै कम हुन्छन् ।
स्याउमा पाईने अल्कालिनिटी कलेजोलाई शरीरको शोधनमा मद्दत गर्छ । साथै स्याउको सेवनले शरीरमा रहेको पीएच को स्तरलाई पनि नियन्त्रित गर्छ । जसबाट व्यक्तिको पाचन प्रणाली दुरुस्त हुन्छ ।
बदलिँदो जीवनशैलीमा कोलेस्ट्रोल बढ्नुको समस्याका कारण कम उमेरका बच्चाहरु पनि मुटु रोगको शिकार बनिरहेका छन् । स्याउ खाँदा या स्याउको जूस पिउँदा बढ्दो कोलेस्ट्रोलको मात्रालाई रोक्न सकिन्छ ।
स्याउको सेवनले तपाईको अनुहारमा हुने कालो र सेतो धब्बा कम हुन्छ । जसको कारणले तपाई आकर्षक देखिन थाल्नुहुन्छ ।