• चैत्र ६ २०८१, बिहीबार

नौ महिनासम्म अन्तरिक्षमा फसेका दुई यात्री पृथ्वीमा आइपुगे

चैत्र ५ २०८१, बुधबार

फ्लोरिडा । नौ महिना अन्तरिक्षमा फसेका यात्री सकुशल पृथ्वीमा आइपुगेका छन् ।  बच विलमोर र सुनिता विलियम्सलाई नौ महिनापछि पृथ्वीमा ल्याइएको हो ।

उनीहरू स्पेस एक्स क्याप्सुल तीव्र गतिमा वातावरण पार गरेको थियो। फ्लोरिडाको तटमा अवतरण गराउने क्रममा उनीहरूका लागि चार वटा प्यारासुट खोलिएको थियो।

उनीहरूलाई रेस्क्यु जहाज मार्फत तटमा अवतरण गराइएको हो।

८ दिनमा सकिने लक्ष्य राखिएको सो मिसन नौ महिनामा आएर पूर्ण रूपमा सकिएको छ। उनीहरूको घर फर्कने यात्रा १७ घण्टा लामो थियो। तौल नभएको वातावरणमा लामो समय बिताएका उनीहरूलाई एडप्ट गर्न कठिन हुने भएकाले स्ट्रेचरको प्रयोग गरिएको थियो। स्वास्थ्यकर्मीले परीक्षण सकेर उनीहरूलाई परिवारको जिम्मा लगाइएको जनाएको छ ।

सन् २०२४ को जुन महिनादेखि उनीहरूको सङ्घर्षपूर्ण यात्रा सुरु भएको थियो। एरो स्पेस बोइङ कम्पनीले निर्माण गरेको स्टारलाइन स्पेसक्राफ्टको टेस्ट फ्लाइटमा उनीहरू गएका थिए।

क्याप्सुलले अन्तरिक्षमा धेरै प्राविधिक समस्याको सामना गरेपछि सकुशल घर फिर्ता गर्न कठिन भएको हो। स्टारलाइन सेप्टेम्बरमा फर्किए पनि यो जोडीलाई अर्को यातायातको आवश्यकता परेको हो।

त्यसपछि नासाले स्पेस एक्स क्याप्सुल तयार पारेको थियो। सो यान सेप्टेम्बरमा आइएसएसमा पुगेको थियो। सो यानमा चार सिट भए पनि दुई सिट खाली राखिएको हो।

त्यो यान पुगेको ६ महिनापछि यो जोडी पृथ्वीमा आइपुगेको हो।