• चैत्र ३ २०८१, सोमबार

सुनिता र बुचलाई लिन अन्तरिक्षमा पुग्यो क्रू–१० टिम

चैत्र २ २०८१, आईतवार

फागुन ३, काठमाडौँ । नौ महिनादेखि इन्टरनेशनल स्पेस स्टेशनमा रोकिएका सुनिता विलियम्स र बुच ब्यारी विल्मोरलाई पृथ्वीमा ल्याउनका लागि क्रू–१० टिम इन्टरनेशनल स्पेस स्टेशनमा पुगेको छ । उक्त दलमा नासाका एनी म्याकक्लेन र निकोल एअर्स, जापान एयरस्पेस एक्सप्लोरेशन एजेन्सीका ताकुया ओनीशी र रोस्कसमसका अन्तरिक्षयात्री किरिल पेस्कोव सहभागी छन् ।

यो दलले स्टेशनमा सुनिता र बुचको स्थान लिनेछन् । ८ दिनका लागि गएका उनीहरु अन्तरिक्षयानमा प्राविधिक त्रुटीका कारण ९ महिनादेखि रोकिएका थिए ।