• फाल्गुन ११ २०८१, आईतवार

निम्ता गरे मार्फाली चेलीले

फाल्गुन १० २०८१, शनिबार

कति राम्रो मार्फाको बजार
माया गर्ने मायालु हजार
बासना छरे चमेली बेलीले, निम्ता गरे मार्फाली चेलीले

खाना लिइ अगाडी आउँदछन्‌
पाहुनाको स्वागत गर्दछन्‌
बासना छरे चमेली बेलीले, निम्ता गरे मार्फाली चेलीले

ठगी गरी भर्दैनन् ढुकुटी
खान दिन्छन् च्याङ्ग्राको सुकुटी
बासना छरे चमेली बेलीले, निम्ता गरे मार्फाली चेलीले

रात बसौं मार्फामा गएर
मार्फालीको अतिथि भएर
बासना छरे चमेली बेलीले, निम्ता गरे मार्फाली चेलीले

अर्गानिक खाना नै खाएर
मसक्तिनाथ जाउँला धाएर
बासना छरे चमेली बेलीले, निम्ता गरे मार्फाली चेलीले

मुक्तिनाथ दर्शन गरौंला
यात्रा गरी फर्केर आउँला