• फाल्गुन ३ २०८१, शनिबार

‘कुइख्याङ’ कविता संग्रह पेरिसडाँडामा विमोचन

फाल्गुन २ २०८१, शुक्रबार

काठमाडौं । रोल्पा माथि लेखिएको कविता संग्रह ‘कुइख्याङ’ विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
५१ जना कविहरूद्वारा रचना गरिएको कविता संकलन गरी उक्त कविता संग्रह ३०औँ जनयुद्ध दिवस तथा ४३औँ जनसाँस्कृतिक महासंघ नेपालको स्थापना दिवसको अवसर पारि पेरिसडाँडा काठमाडौंमा विमोचन गरिएको हो ।

रोल्पा र रोल्पा बाहिरका गरि ५१ जना कविहरूले सृजना गरेका कविताहरू कवि युग सर्वनामले संकलन तथा सम्पादन गरेका छन् ।

कविता संग्रह माथि अखिल नेपाल लेखकसंघ केन्द्रीय समितिका अध्यक्ष एवम् कवि स्वप्निल स्मृतिले आफ्ना बिचारहरू राखेका थिए ।

यस कृतिबारे फाल्गुन ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा दिउँसो २ः३० बजे ‘कुइख्याङ’ प्रति बहस हुने रोल्पा कला–साहित्य प्रतिष्ठानका अध्यक्ष जीवनप्रवेश रोकामगरले बताएका छन् ।