काठमाडौं । आगामी फागुन १ गते विहान ८ः०० बजे ‘सहिद–योद्धा गाथा’ लेखन तथा अभिलेखिकरण कार्यक्रम हुने भएको छ । सो कार्यक्रम ३०औं जनयुद्ध दिवसको अवसरमा हुन लगेको हो ।
उक्त कार्यक्रम बकपत्र मिडिया नेटवर्क तुलसीपुर दाङले आयोजना गरेको हो । उद्धाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रिय सभाका सदस्य तथा समाजवादी ज्ञान केन्द्रका संरक्षक जगप्रसाद शर्मा रहेका छन् ।
बकपत्र मिडिया नेटवर्कले ३०औं जनयुद्ध दिवसको अवसरमा हुन लागेको सो ‘सहिद–योद्धा गाथा’ लेखन तथा अभिलेखिकरण कर्यक्रममा उपस्थित हुन सबैलाई अनुरोध गरेको छ ।