• बैशाख ६ २०८२, शनिबार

प्रहरी विधेयक संशोधन गर्ने ठाउँ छ : गृहमन्त्री लेखक

माघ २६ २०८१, शनिबार

माघ २६, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नीतिगत र कानुन सुधार गृह मन्त्रालयको पहिलो काम भएको बताएका छन् । शनिबार काठमाडौंस्थित भृकुटीमण्डपमा नेपाल प्रहरी क्लबको भवन उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् ।

सोहीअनुसार गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको ऐन संशोधनका लागि विधेयक संसद्मा दर्ता गरेको उनले बताए । केही दिनमा उक्त विधेयकमाथि छलफल हुने उनको विश्वास छ ।

साथै उनले प्रहरीबाट आवश्यक सुझाव आए प्रहरी सम्बन्धी विधेयकलाई संशोधन गरेर जाने ठाउँ रहेको बताए । विधेयकमा भएको कमीकमजोरी संसदमा सच्याउन सकिने भन्दै बहस र छलफल सकारात्मक दृष्टिकोणबाट हुनुपर्नेमा गृहमन्त्री लेखकले जोड दिए ।