• बैशाख १८ २०८२, बिहीबार

झापाको होटलमा बेहोस भएका युवकको मृत्यु, युवती र होटल सञ्चालक पक्राउ

माघ २५ २०८१, शुक्रबार

२५ माघ, काठमाडौँ । झापाको बिर्तामोड नगरपालिका–४ स्थित होटल एभरेस्टमा लडेर बेहोस भएका एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–१ घर भएका ३० वर्षीय सागर बेस्ना छन् ।

उनी आफ्नी केटीसाथी सुनसरी घर भएर कनकाई नगरपालिकामा बस्ने मुना विकसँग सो होटलमा गएका थिए । गएराति खाना खाएर सुतेका बेस्ना शौचालयको ढोकामा लडेका थिए । बेहोस भएर ढलेका उनको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले बताए ।

घटनाबारे अनुसन्धान गर्न प्रहरीले उनीसँगै होटलमा गएकी २३ वर्षीया मुना बिक र होटल सञ्चालक ४८ वर्षीया याम कुमारी उप्रेतीलाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी चन्दले जानकारी दिए ।