• माघ २३ २०८१, बुधबार

साइबर ब्यूरोकै नक्कली इमेल बनाएर ठगेको आरोपमा दुई जना पक्राउ

माघ २२ २०८१, मंगलवार

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोकै नक्कली इमेल बनाएर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीकै उच्च अधिकारीको नाम/दर्जा र साइबर ब्यूरोको नक्कली इमेल बनाउने दुई जनालाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एवं एसपी दिपकराज अवस्थीले जानकारी दिए ।

पक्राउ पर्नेमा सुनसरी देवानगंज गाउँपालिकाका २० वर्षीय मनिषकुमार मेहता र देवानगंजकै २१ वर्षीय इन्द्रजित यादव छन् ।

उनीहरूले नक्कली इमेलमार्फत डरमा पारेर ठगेको ब्युरोले जनाएको छ । उनीहरूमाथि प्रहरीले विद्युतीय माध्यमबाट ठगी गरेको कसुरमा अनुसन्धान अघि बढाएको छ ।