• बैशाख १८ २०८२, बिहीबार

चीनले फर्कायो ट्रम्पलाई जवाफ : दियो अमेरिकी सामानमा १० प्रतिशत शुल्ककाे उपहार

माघ २२ २०८१, मंगलवार

काठमाडौं । चिनियाँ सामानमा १० प्रतिशत शुल्क लगाउने अमेरिकी निर्णयमा चीनले पनि जवाफ फर्काएको छ ।
चीनले अमेरिकाबाट आयात गरिने सामानहरूमा १० प्रतिशत नै शुल्क लगाउने निर्णय गरेको हो ।

यो निर्णयसँगै चीनमा अमेरिकाबाट आयात हुने ठूला इञ्जिन भएका कारहरू, पिकअप ट्रक, एलएनजी (तरल प्राकृतिक ग्यास), कच्चा तेल र कृषि उपकरणहरूको आयातमा असर पर्नेछ । अमेरिकाले चीनविरुद्ध शुल्क लगाउने अन्तिम म्याद आज सकिएको थियो ।

योसँगै चीनविरुद्ध अमेरिकाको १० प्रतिशत शुल्क नीति लागू भएको छ । यसको जवाफमा तत्काल चीनले पनि जवाफी शुल्क घोषणा गरेको हो ।

यसबीचमा अमेरिकाले मेक्सिको र क्यानडाविरुद्ध लगाएको २५/२५ प्रतिशत शुल्कर ३० दिनको लागि स्थगित गरेको छ । क्यानडा र मेक्सिकोले सीमाको सुरक्षामा सुधार गर्न र लागू औषध तस्करीविरुद्ध कडा कदम चाल्ने बाचा गरेपछि अमेरिकाले यो निर्णय लिएको हो ।

क्यानाडा र मेक्सिको अमेरिकासँग सबैभन्दा धेरै व्यापार गर्ने देशहरू हुन् । ट्रम्पले शुल्क लगाउने घोषणा गरेपछि दुवै देशले जवाफी कारबाही गर्ने बताएका थिए ।

क्यानडाले सीमाबाट फेन्टानिल लागूऔषध तस्करी रोक्नका लागि अनुगमन गर्न विशेष अधिकारी नियुक्त गर्ने बताएको छ । त्यस्तै, मेक्सिको ट्रम्पसँग भएको सम्झौता अनुसार सीमामा १० हजार सैनिक पठाउन सहमत भएको छ ।