• मंसिर १६ २०८१, आईतवार

अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत

मंसिर १६ २०८१, आईतवार

मंसिर १६ ,काठमाडौं, १६ मंसिर । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ४७ वर्ष पुरानो उपग्रहसँग फेरि अन्तरिक्षमा सम्पर्क गरेको छ ।अमेरिकाको अन्तरिक्ष इतिहासको सबैभन्दा लामो मिसन भ्वाएजर– १ अन्तरिक्षयानसँग यो सम्पर्क भएको हो ।

सन् १९७७ मा नासाले केही हप्ताको अन्तरालमा भोयाजर १ र भोयाजर २ अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो, जो अनन्त ब्रम्हाण्डको परिक्रममा निस्केको हो । सोही अनुसार उनी करिब ४७ वर्षदेखि कार्यरत छन् ।

भिओएको रिपोर्टका अनुसार हालैका वर्षहरूमा नासालाई भोयाजर अन्तरिक्ष यानसँग सञ्चार गर्न कठिनाइ भइरहेको थियो, यसै वर्षको अप्रिलमा नासाले ५ महिनादेखि ‘भोयाजर १’ अन्तरिक्ष यानसँग सञ्चार गर्न नसकेको बताएकोसमेत थियो ।

रिपोर्टका अनुसार नासाका अधिकारीहरूले ‘भोयाजर १’ को अनबोर्ड कम्प्युटरमा चिपमा त्रुटि भएको बताएका छन् । जसका कारण अन्तरिक्ष यानले पठाएको डाटालाई वैज्ञानिकहरूले बुझ्न सकिरहेका थिएनन् । तर, वैज्ञानिकहरूले पढ्ने तरिका परिवर्तन गरे र समस्या केही हदसम्म समाधान भएको छ ।

यसपछि अक्टोबरमा सञ्चारको समस्या फेरि उठ्यो । जसका कारण वैज्ञानिकहरुले ‘भोयाजर १’ को डाटा ढिलो पाउँदै आएका थिए । त्यो समस्या अन्तरिक्ष यानको रेडियो ट्रान्समिटर प्रणालीसँग सम्बन्धित थियो ।

यसपछि जब कुनै कारणले नासाले अन्तरिक्ष यानलाई आफ्नो एउटा हिटर खोल्न भन्यो, भोयाजर १ को दोष संरक्षण प्रणाली सक्रिय भयो । यसको उद्देश्य बिजुली बचत गर्नु थियो । यस्तो अवस्थामा अन्तरिक्ष यानले प्रायः पठाउने रेडियो सिग्नलको सट्टा अन्य तरिकाले सिग्नल पठाउन थालेको थियो ।

अवस्था यस्तो थियो कि नासाले सामान्य एक्स ब्यान्डको सट्टा एस ब्यान्डमा संकेतहरू प्राप्त गर्न थाल्यो । जब नासाले तिनीहरूलाई प्राप्त गर्न थाल्यो, डाटा फेरि अन्तरिक्ष यानबाट आउन थाल्यो । नासाले भन्यो कि एस ब्यान्ड भन्दा एक्स ब्यान्ड धेरै कमजोर छ, त्यही भएर उनले लामो समयदेखि एक्स–ब्यान्ड रेडियो कम्युनिकेशन प्रणाली सुरु गर्न खोजिरहेका थिए ।

चाखलाग्दो कुरा के छ भने, नासाले १९८१ देखि एस ब्यान्ड प्रयोग गरेको छैन । यसको अर्थ एजेन्सीले ४३ वर्षपछि भ्वाएजर १ बाट फरक तरिकाले सङ्केतहरू प्राप्त गरेको हो ।

भोयाजर १ र भोयाजर २ अन्तरिक्ष यान बृहस्पति र शनि भ्रमण गर्नका लागि डिजाइन गरिएको थियो । दुबै अन्तरिक्ष यानले आफ्नो काम राम्रोसँग पूरा गरेका पनि थिए । भ्वाएजर २ सन् १९८९ मा युरेनस र नेप्च्युनको नजिक आएको थियो ।