• मंसिर १४ २०८१, शुक्रबार

इन्डोनेसियामा पहिरोमा परेर मर्नेको संख्या २७ पुग्यो

मंसिर १४ २०८१, शुक्रबार

१४ मङ्सिर, जर्कार्ता । इन्डोनेसियामा मुसलधारे वर्षाका कारण गएको बाढी र पहिरोमा परेर मर्नेको संख्या २७ जना पुगेको छ । उत्तरी सुमात्रा प्रान्तका विभिन्न ठाउँमा मुसलधारे वर्षाका कारण बाढी र पहिरो गएको छ ।

सप्ताहन्तमा यी बाढी र पहिरोमा परेर कम्तीमा २० जनाको मृत्यु भएको त्यहाँको राष्ट्रिय प्रकोप एजेन्सीको तथ्याङ्कले देखाएको थियो । यसैबिच पर्यटकहरू सबार एउटा मिनिबस पहिरोमा पुरिँदा अरू ७ जनाको मृत्यु भएको बताइएको छ । योसँगै मर्नेको संख्या २७ पुगेको हो ।