• मंसिर ११ २०८१, मंगलवार

सेनामा जान डराएर तौल बढाएका एक दक्षिण कारियालीलाई एक वर्षको जेल सजाए

मंसिर ११ २०८१, मंगलवार

सोल । दक्षिण कोरियाले एक पुरुषलाई जेल सजाय सुनाएको छ । सेनामा अनिवार्य सेवा छल्नका लागि मोटोपनाको सिकार हुने गरी खाएको भन्दै ती पुरुषलाई अभियोग चलाइएको थियो ।

नाम सार्वजनिक नगरिएका उनलाई सोलको एउटा अदालतले नोभेम्बर १३ मा सुनाएको फैसलामा देशको सैन्यसेवा ऐनको उल्लङ्घन गरेको भन्दै एक वर्षको जेल सजाय तोकेको समाचारमा उल्लेख छ ।

सेनामा काम गर्ने क्रममै १०२ किलो तौलको भएपछि गएको वर्ष जुनमा उनलाई सक्रिय ड्युटीबाट हटाइएको थियो । त्यसको ६ वर्ष अघि भने उनी सेनामा सेवाका लागि प्रारम्भिक शारीरिक परीक्षाबाट योग्य साबित भएका थिए ।

तौल बढाउन उनले उच्च क्यालोरीयुक्त खानेकुरा खाएको अनि शारीरिक परिश्रम पर्ने काम पनि गर्न नमानेको र जानी जानी तौल बढाउन तौल नाप्नु अघि उच्च मात्रामा पानी खाएको न्यायाधीशले फैसलामा भनेका छन् ।

ती पुरुषलाई त्यस्तो युक्ति सुझाउने अर्का पुरुषलाई पनि ६ महीनाको जेल सजाय सुनाइएको छ । कोरियाली युद्धयता दक्षिण कोरियामा सक्षम सबै पुरुषले २८ वर्ष पुग्ने बेलासम्म अनिवार्य रूपमा कम्तीमा १८ महिना सेनामा सेवा गर्नुपर्छ ।