• मंसिर ७ २०८१, शुक्रबार

रूसले र्गयो युक्रेनको राजधानी किभमा लामो दूरीको मिसाइल आक्रमण

मंसिर ६ २०८१, बिहीबार

६ मंसिर, काठमाडौं । रूसले युक्रेनको राजधानी किभमा लामो दूरीको मिसाइलबाट आक्रमण गरेको छ । युक्रेनले रूसमा गरेको आक्रमणको दुई दिनपछि रूसले पनि जवाफी कारबाही गरेको हो । रूसले गरेको आक्रमणबाट १६ र १७ वर्षका युवासहित १५ जना घाइते भएका बीबीसीले जनाएको छ । उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । तर उनीहरूको स्वास्थ्य अवस्था बारे सूचना प्राप्त भइसकेको छैन ।