• कार्तिक २३ २०८१, शुक्रबार

रविले भन्दा बढी मानिस पोखरामा उतार्न सक्छाैं : सहकारी पीडित

कार्तिक २३ २०८१, शुक्रबार

काठमाडौं । सूर्यदर्शन सहकारीका पीडितहरूले सरकार र अदालतलाई दबाब दिन रास्वपाले गलत तरिकाले सडक संघर्ष गरेको बताएका छन् ।

उनीहरुले पोखरामा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । जीबी राईका नाममा रहेको सम्पत्ति खोजी गरेर लिलामी गरेर पनि पीडितको रकम फिर्ता दिनुपर्ने उनीहरुले माग गरे ।

‘हाम्रो पैसाले हेलिकोप्टर र जहाजबाहेक सबै किने,’ ‘रवि लामिछानेलाई किनिदिएको तीन करोडको गाडी खोई ? जीबी राईका नाममा रहेको सम्पत्ति खोजेर सरकारले लिलाम गरिदियो भने हामीलाई पनि सहज हुन्छ ।’ उनीहरुले भने ।

आफूहरुले अदालत र प्रहरीलाई दबाब दिन नखोजेको बताउँदै भने,‘रास्वपाका कार्यकर्ताभन्दा बढी उतार्न सक्थ्यौँ तर हामी पोखरालाई शान्त राख्न खोजेका हौँ । सरकारले काम गरेको छ भनेर चुप लागेका हौँ ।’