• मंसिर ११ २०८१, मंगलवार

सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम, कतिमा हुँदैछ कारोबार ?

कार्तिक ११ २०८१, आईतवार

कात्तिक ११, काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार चार सयले वृद्धि भएको हो ।

शुक्रबार प्रतितोला एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६७ हजार चार सय निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १५ ले बढेको छ । शुक्रबार प्रतितोला दुई हजार ७० मा कारोबार भएको चाँदी आजका लागि भने दुई हजार ८५ निर्धारण भएको छ ।