• कार्तिक ७ २०८१, बुधबार

एकदिन पनि टिकेन नेप्सेको वृद्धि, बुधबार २० अंकको गिरावट

कार्तिक ७ २०८१, बुधबार

काठमाडौं, कात्तिक ७ । मंगलबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बुधबार घटेको छ । नेप्सेको वृद्धि दोस्रो दिन नै टिक्न नसकेको हो ।

मंगलबार २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा पुगेको नेप्से बुधबार २०.४१ अंकले ओरालो लागेको हो ।यसदिन नेप्से २६४५.३९ विन्दुमा बन्द भएको छ ।बुधबार कारोबार रकममा भने वृद्धि भएको छ ।

गत कारोबार दिन अर्थात् मंगलबार चार अर्ब १७ करोडको कारोबार भएकोमा यसदिन छ अर्ब २७ करोडको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब १० करोड रूपैयाँ वृद्धि भएको हो ।

आज ३२४ वटा धितोपत्रको एक करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर किनबेच भएको हो । बुधबार ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५५ वटाको घटेको छ । यस्तै, १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
यसदिन आइसिएफसी फाइनान्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८२३ रूपैयाँ ९० पैसा कायम भएको छ । यसैगरी, समृद्धि फाइनान्सको मूल्य ९.९३ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७०४ रूपैयाँ १० पैसा पुगेको छ ।

यस्तै, महुली लघुवित्तको मूल्य सर्वाधिक ४.२८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ५६४ रूपैयाँमा झरेको छ । हिमालयन बैंकको लघुवित्तको मूल्य ४.०७ प्रतिशतले घटेको छ ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य २६१ रूपैयाँ ९० पैसा कायम भएको छ । बुधबार आइसिएफसी फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य ८२३ रूपैयाँ ९० पैसामा ४३ करोड ४४ लाखको सेयर कारोबार भएको छ ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा कुमारी बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता २३४ रूपैयाँमा २६ करोड ९७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्र् र व्यापार सबै समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।

यसदिन वित्त समूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशतले बढेको छ भने बैंकिङ समूहको परिसूचक सर्वाधिक १.७० प्रतिशतले घटेको छ ।