• कार्तिक ७ २०८१, बुधबार

ब्रेन टनिक : दूध तथा नौनी

कार्तिक ६ २०८१, मंगलवार

दूधको महत्व र महिमा सबैलाई थाह छ । यो ब्रेन टनिक हो । आमाको दुध खाएर बालक हुर्कन्छ र उसको बौद्धिक आधार यही खुराक लिइरहेको बेलामा विकसित हुन्छ । आमाको दूधजस्तो पोषक तत्व संसारमा अरू केही छैन ।

यत्ति मात्र होइन, गाई–भैंसीको दूध पनि अमृत हो । यो दुधले शरीरलाई ऊर्जा दिन्छ । मस्तिष्कलाई ताकत दिन्छ । नियमित दूध सेवन गर्ने हो भने सोच्ने शक्ति तथा स्मरणशक्ति बढ्दै जान्छ । जनावरको दुधमा स्थानीय गाईको दूध सर्वोत्तम हुन्छ । गाईको दुध आमाको दुधसरह मानिने भएकाले गाईलाई गौमाता भनिएको हो ।

दूध जस्तै नौनीले पनि ताकत दिन्छ । नौनीले मस्तिष्कलाई टनिक दिन्छ । नौनी ब्रेन टनिक हो । महाभारतका श्रीकृष्ण ज्यादै तीक्ष्ण बुद्धिका थिए । उनको चातुर्य र बौद्धिकताको तुलना कसैसँग पनि हुन सक्दैन । श्रीकृष्णले सानो उमेरबाटै नौनी चोरेर खाने गर्दथे । नौनी श्रीकृष्णको प्रिय भोजन थियो ।