काठमाडौं । दशैंमा टिका थाप्न जाँदा कोसेलीस्वरुप उपभोक्ताहरूले फलफूल खरिद गर्ने भएकाले यतिखेर काठमाडौंमा फलफूलको मूल्य बढेको छ ।
फलफूलका ठूला व्यापारीहरू दशैं मनाउनतिर लागेका कारण खुलेका पसलहरूमा फलफूलको मूल्य आकासिएको हो ।
दशैंभन्दा अघिको तुलनामा यतिखेर फलफूलमा सय प्रतिशत बढि मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो छ । व्यापारीहरू पनि आफूले महङ्गो दाममा खरिद गरेर ल्याएको बताउँछन् ।
व्यापारीहरूले पनि मौकाको फाइदा उठाउँदै आफूखुसी मूल्य तोक्ने गर्छन् । पसलपिच्छे फलफूलको मूल्य फरक पर्दा उपभोक्ताहरू मारमा परेका छन् । फलफूलसँगै तरकारीको भाउ पनि आकासिएको छ ।