• आश्विन २० २०८१, आईतवार

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

आश्विन १७ २०८१, बिहीबार

असोज १७, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १०० रुपैयाँ बढेर एक लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९३५ रुपैयाँमा कारोबार भएको थियो ।