• आश्विन १३ २०८१, आईतवार

ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

आश्विन १३ २०८१, आईतवार

१३ असोज, काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको हो ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६१ हजार २०० रुपैयाँ कायम भएको थियो । यस हिसाबले साताको कारोबारको पहिलो दिन शक्रबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो ।

यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ । शुक्रबारको कारोबारमा चाँदीको मूल्य तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएकोमा आइतबार घटेर १ हजार ९४५ रुपैयाँ कायम भएको हो ।