• आश्विन १२ २०८१, शनिबार

एक महिनामै ८६ करोडको आइटी सेवा निर्यात, २० करोडको आयात

आश्विन १० २०८१, बिहीबार

काठमाडौं, असोज १० । राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना (साउन) को तथ्यांक अनुसार यो अवधिमा ८६ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा निर्यात गरेको हो ।

त्यस्तै, २० करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो । राष्ट्र बैंकले पहिलो पल्ट खुल्ने गरेर यस्तो तथ्यांक प्रकाशित गर्न थालेको हो ।

यही कारण अघिल्लो वर्षको यस्तो तथ्यांक भने राखिएको छैन ।  प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यात नेपालले तीन अर्ब रूपैयाँ आम्दानी गरेको छ ।