• आश्विन १२ २०८१, शनिबार

एकै महिनामै भित्रियो एक खर्ब ३६ अर्ब रेमिटेन्स, बाहिरियो ३५ करोड

आश्विन १० २०८१, बिहीबार

काठमाडौं, असोज १० । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना (साउन) मा एक खर्ब ३६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ । पछिल्लो २० महिनादेखि निरन्तर रूपमा मासिक एक खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ ।

गत आर्थिक वर्ष २०८०–८१ को पहिलो महिनामा एक खर्ब १६ अर्ब रेमिटेन्स भित्रिएको थियो । यो अवधिमा नेपालबाट ३५ करोड रूपैयाँ बराबर रेमिटेन्स बाहिरिएको छ । यसअघिको वर्ष एक महिनामा ८३ करोड रूपैयाँ बाहिरिएको थियो ।

पहिलो महिना वैदेशिक रोजगारीमा जानेको संख्यामा ७.१९ प्रतिशतले बढेको छ । गत आवको पहिलो महिनामा भने ५५ हजार पाँच सय ७५ जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या ५० हजार पाँच सय ७५ जनाले यस्तो स्वीकृति लिएका छन् ।